पनौतीका वडा सचिवहरुलाई स्थानीय सुशासन प्रबर्द्धन तालिम

नौलो समाचार संवाददाता
२०७७ माघ २८, बुधबार मा प्रकाशित ५२१ पटक पढिएको
पनौतीका वडा सचिवहरुलाई स्थानीय सुशासन प्रबर्द्धन तालिम

माघ २८, काभ्रे।  जिल्लाको पनौती नगरपालिकाको न्यायिक समितिको आयोजनामा न्यायिक समिती सचिवालय एवं वडा सचिवहरुको निम्ति स्थानीय सुशासन प्रबर्द्धन र न्यायिक कार्य सन्चालनमा वडा सचिवको भुमिका विषयक एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख भिम न्यौपानेले वडा सचिवहरुको भुमिका अत्यन्तै महत्वपूर्ण भएकोले कानुनी सबालहरु बारे जानकार हुनुपर्ने र यसो भयो भने स्थानीय विवादहरु वडा तहमै मेलमिलाप गराउन सम्भव हुने बताए । यस्तै उप–प्रमुख एवं न्यायिक समिती संयोजक गिता बन्जाराले अध्यक्षता ग्रहण गर्दै सचिवहरुले वडामा विवादहरु आउँदा मेलमिलाप कर्ताहरुसंग समन्वय गरिदिन आग्रह गरिन् । हाम्रा स्वभाव, आचरण र सेवाग्राहीलाई गर्ने व्यवहारमा उहाँहरुको हामी प्रतिको दृस्टिकोण निर्धारण हुने भएकोले त्यसतर्फ सचेत हुन पर्ने वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए ।

उक्त कार्यक्रममा सुशासन,न्यायिक समितिले निरुपण गर्न सक्ने विवाद, मेलमिलापको माध्यमवाट निरुपण गर्न सकिने विवादहरु, न्यायिक समितिवाट जारी हुने म्याद तामेल गर्ने प्रकृया, वडा सचिवको भुमिका, समसामयिक कानुनी सवालहरु, लगायतका विविध विषयहरुमा वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, कानुनी सल्लाहकार प्रदीप सापकोटा, न्यायिक समिती सदस्य मधु कृष्ण श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा पनौती नगरपालिकाका १२ वटै वडाका सचिवहरू, न्यायिक समिती सचिवालय, नगरपालिकाका कर्मचारी लगायत २५ जनाको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस