धुलिखेल नगरपालिका भित्रका ५ सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने

नौलो समाचार संवाददाता
२०७७ माघ २८, बुधबार मा प्रकाशित १७६१ पटक पढिएको
धुलिखेल नगरपालिका भित्रका ५ सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने

माघ २८, काभ्रे। धुलिखेल नगरपालिका भित्रका ५ सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने भएकोे छ । विश्व समस्या विहिन समाज (WWS)संस्थाको सहयोगमा नगरपालिका भित्रका ५ सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप के।सीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो शैक्षिक शत्रमा वडा नं १, ७ ८ का कक्षा ७ सम्म पढ्ने बालबालिकालाई न्यानो कपडा वितरण गरिने छ । गत बर्ष पनि नगरपालिकाको वडा नं ९ का कक्षा ५ सम्म अध्यनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो ।

हिजो मात्र नगरपालिकाको वडा नं ८ को सरस्वती माद्यामिक विद्यालय र बिनायक बाल आधारभूत विद्यालयका ३ सय २० जना शिशु कक्षा देखि कक्षा ७ सम्मका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस