सोनाम ल्होसार: काभ्रेमा कांग्रेसले गर्यो शुभकामना तथा चियापान कार्यक्रम

नौलो समाचार संवाददाता
२०७७ माघ ३०, शुक्रबार मा प्रकाशित ७५३ पटक पढिएको
Post Thumbnail

माघ ३०, काभ्रे । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष शुरु हुन्छ।

काभ्रे जिल्लामा आज विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाईएको छ । जिल्लाको बनेपामा आज नेपाली कांग्रेसले २८५७ औँ ल्होसार पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बनेपाको पञ्कन्या बैंक्विटमा आयोजना भएको कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका पदाधिकारी, क्षत्रीय सभापति, जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ एवं शुभेच्छुक संघसंस्थाका विभिन्न तह र तप्काका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति मधु आचार्यले स्वगत मन्तब्य राख्दै ओली सरकारले गरेको असंबैधानिक कदमको बिरोध जनाएका छन् ।

त्यस्तै कार्यक्रममा अखिल जनजाती महासंघका अध्यक्ष जगत बराम्ले ल्होसार पर्वको शुभकामना व्यक्त गर्दै ओली सरकारले संबिधान माथि “कु” गर्ने चेस्टा गरेको भन्दै सरकारको बिरुद्ध आवाज उठाएका छन् ।

त्यस्तै उनले सरकारले गरेको बिभिन्न धार्मिक परम्परा अनुसारको बिभेदकारी व्यवहारको चाडै अन्त्य गर्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको आजको चिया पान तथा शुभकामना आदान-प्रदान कार्यक्रममा उपस्थित सबैले एक आपसमा ल्होसार पर्वको शुभकामना आदान-प्रदान गर्दै खुसी साटेका थिए ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। यस वर्ष शुक्रबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

 


प्रतिक्रिया दिनुहोस