पनौतीको त्रिवेणी सरसफाई अभियान १०० हप्ता पुरा, स्वर्णमहोत्सव कार्यक्रमको आयोजना 

नौलो समाचार संवाददाता
२०७७ फागुन १, शनिबार मा प्रकाशित ११८४ पटक पढिएको
पनौतीको त्रिवेणी सरसफाई अभियान १०० हप्ता पुरा, स्वर्णमहोत्सव कार्यक्रमको आयोजना 

फागुन १, काभ्रे । पनौतीका महिलाहरुको सक्रियतामा शुरु भएको पनौतीको त्रिवेणी सरसफाई अभियान १०० हप्तामा पुगेको उपलक्ष्यमा स्वर्णमहोत्सव आयोजना भएको छ । काभ्रेली संक्रिय महिला संगठनको अगुवाईमा भएको त्रिवेणी सरसफाई नागरिक अभियान अन्तर्गत त्रिवेणीमा सरसफाई भएको एक सय हप्ता पुगेको अवसरमा पनौतीमा स्वर्णमहोत्सव कार्यक्रम आयोजना भयो ।

सोहि अवसरमा पवित्र तीर्थस्थल त्रिवेणी घाटको सरसफाईमा सहभागि हुन काँग्रेस महामन्त्री डा. शसांक कोइराला र वागमती सरसफाईका प्रमुख अभियान्ता नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेल लगाएतका अभियान्ताहरु शनिवार पनौती त्रिवेणीघाटमा नै पुगेर सरसफाईमा सहभागि भए ।

अभियानको एकसय हप्ता पुगेको अवसरमा शनिवार काँग्रेस महामन्त्री डा. कोइराला, वागमती सरसफाईका प्रमुख अभियान्ता पौडेल, नेपाली काँग्रेस काभ्रेका सभापति लगायत विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताका साथै विभभिन्न क्षेत्रका अभियान्ताहरु पनि पनौती आएका थिए।

पनौतीको त्रिवेणी सरसफाईमा सहभागी पछिको सभामा बोल्दै काँग्रेस महामन्त्री डा. कोइरालाले नदीलाई पुर्ण रुपमा सफाई गर्न मुहानमा बस्ने बासिन्दाहरुले पनि यस अभियानबाट प्रेरणा लिएर सरसफाईमा जुट्नुपर्ने बताएका थिए । कार्यक्रममा बागमती सरसफाईका प्रमुख अभियन्ता पूर्व मुख्य सचिव पौडेलले ‘सरसफाईमा ध्यान नदिने स्थानीय सरकार कि त सच्चिनु पर्छ कि त आउँदो निर्वाचनबाट यस्तो सरकारलाई परास्त गर्नुपर्ने भनाई व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यले पनौती पवित्र तीर्थस्थल भएको र नगरकै गौरव वढ्ने कुरामा पनि नगरपालिका उदासिन हुँदा स्थानीय बासिन्दा चिन्तित भएको भन्दै चाढो भन्दा चाढो मकर मेलाको तयारी गर्न अनुरोध गरे ।

कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका नेता तिर्थ पसखल, उपसभापति अच्युत पौडेल, पूर्व मन्त्री कञ्चनचन्द्र बादे, संविधान सभा सदस्य रामहरी सुवेदी, नेता गणेश लामा, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, अभियन्ताहरु उत्तम पुडासैनी, ताराबहादुर कुंबर, किशोर सिंह, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, विपि विचार समाजका कोषाध्यक्ष राघवसिंह थापा, सक्रिय महिला संगठनका संयोजक सुमित्रा बञ्जारा, संह संयोजक हेमा मानन्धर लगायतले मन्तब्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस