काभ्रेमा कोरोना भाइसर विरुद्धको दोस्रो चरणको खोप आज २ सय ६६ जनाले लगाए

नौलो समाचार संवाददाता
२०७७ फागुन ४, मंगलबार मा प्रकाशित ८२४ पटक पढिएको
काभ्रेमा कोरोना भाइसर विरुद्धको दोस्रो चरणको खोप आज २ सय ६६ जनाले लगाए

फागुन ४, काभ्रे । काभ्रेमा आज कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप २ सय ६६ जनाले लगाएका छन् । धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा गरी आज २ सय ६६ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै दोस्रो चरणको खोप लगाउनेको संख्या ८ सय ३४ पुगेको छ । त्यसैगरी जिल्लामा हाल जम्मा ९ जना कोरोनाका सकृय संक्रिमित रहेका छन् । जसमा ४ जना महिला र ५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनुभयो ।

स्वास्थ्य कार्यालय काभ्रका अनुसार ति मध्ये ९ जना नै होम आईसोलेसनमा रहेका छन् । अस्पताल आईसोलेसनमा रहेनेको संख्या भने शुन्य नै रहेको छ।


प्रतिक्रिया दिनुहोस