दोश्रो चरणको खाेप अभियान २३ गतेदेखि, काभ्रेमा तयारी पुरा

नौलो समाचार संवाददाता
२०७७ फागुन २१, शुक्रबार मा प्रकाशित ८३७ पटक पढिएको
दोश्रो चरणको खाेप अभियान २३ गतेदेखि, काभ्रेमा तयारी पुरा

फागुन २१, काभ्रे। नेपाल सकारले दोश्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियान फागुन २३ गते देखि देशभर शुरु हुदैँछ । जसको जिल्लाको सम्पूर्ण तयारी पुरा सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस अघि ५५ वर्ष भन्दा माथीका सबै नागरिकहरु, शिक्षक तथा चालक र सह चालकलाई समेत खोप लगाउने तयारी गरेको स्वास्थ्य कार्यालयले पुनः स्थानीय पालिकाहरु मार्फत ६५ वर्षका नागरिकहरुलाई खोप लगाउने तयारी गरेको हो ।

१३ वटा पालिकामा १ सय १४ वटा खोप केन्द्र मार्फत २५ हजार ४ सय ७५ जना लक्षित समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाईनेछ । खोप कार्यकर्ताहरुलाई तालिम, स्थानीय सरकारका प्रतिनिधिहरुलाई अभिमुखिकरण, संचारकर्मीहरुलाई जानकारी र खोप लगाए पछि हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न सुरक्षा उपाय अपनाईएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले बताए ।

उनका अनुसार फागुन २३ गते देखि चैत्र १ गतेसम्म खोप लगाईसक्ने गरी कार्यकतालिका तयार गरिएको छ । खोप लगाईसकेपछि त्यसको असर हुन नदिन वा केहि भईहालेमा तयारी अवस्थामा प्रत्येक केन्द्रमा मेडिकल डाक्टर सहितको टिम र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

खोप अभियानका लागि २ सय १० जना खोप दिने स्वास्थ्यकर्मी परिचालन हुनेछन् भने ६ सय ३० जना स्वयंसेवक रहनेछन् । पालिकाहरुले हरेक दिन फरक फरक स्थानको स्वास्थ्य चौकीमा खोप लगाउने गरी तालिका तयार गरिएको प्रमुख डा.झाले बताए ।


प्रतिक्रिया दिनुहोस