बेथानचोक र महान्काल गाउँपालिका बिच अन्तरक्रिया कार्यक्रम

नौलो समाचार संवाददाता
२०७७ फागुन २२, शनिबार मा प्रकाशित ७७९ पटक पढिएको
बेथानचोक र महान्काल गाउँपालिका बिच अन्तरक्रिया कार्यक्रम

फागुन २२, काभ्रे। महान्काल गाउँपालिका ललितपुरको पाचौं स्थापना दिवसको अबसरमा बेथानचोक गाउँपालिका काभ्रे र महान्काल गाउँपालिका ललितपुर बिच अन्तर स्थानीय तह समन्वय तथा सहकार्य सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम बेथानचोक गाउँकार्यपालिकाको सभाहलमा सम्पन्न गरिएको छ  ।

अन्तरक्रिया तथा छलफल कार्यक्रम बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा महान्काल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालको संयुक्त अध्यक्षतामा तथा बेथानचोक गाउँपाकिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र महान्काल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद पान्डेको संयुक्त उद्घोषणमा संचालन गरिएको हो । कार्यक्रममा महान्काल गाउँपालिका उपाध्यक्ष लगाएत  वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु र कर्मचारी साथै बेथानचोक गाउँपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

महान्काल गाउँपालिकाको आयोजना तथा बेथानचोक गाउँपालिकाको समन्वय र सहकार्यमा संचालित कार्यक्रमबाट आपसी हितका सडक स्तरउन्नति , पर्यटन र अन्य महत्वपुर्ण विषयहरुमा अन्तरकृया र छलफल गरि प्रस्तावहरु राखी निर्णयहरु गरिएको थियो ।

कार्यक्रममा महान्काल गाउँपालिका तर्फबाट उपाध्यक्ष कमला लामा तामाङले स्वागत मन्तव्य राख्नु भएको थियोे भने महान्काल गाउँपालिका-६ ठुला दुर्लुङका वडा अध्यक्षले अन्तरकृया तथा छलफल कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिकाको तर्फबाट स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भन्डारीले राख्नु भएको थियोे । कार्यक्रम समापनका क्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बेथानचोक र महान्काल गाउँपालिकाले एक आपसमा मिलेर अगाडि बढ्नुको विकल्प नभएको भन्नुहुन्दै आपसी हितमा केन्द्रीत हुँदै बिकासमा साझेदारी गर्नुपर्ने र बेथानचोक सधैं सकारात्मक रहेको कुरामा जोड दिनुभएको बेथानचोक गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस