पनौतीको सामुदायीक विद्यालयहरुमा कार्यरत शिक्षकहरुका लागी प्रोत्साहन रकम उपलब्ध गराईदै

नौलो समाचार संवाददाता
२०७७ चैत्र ३, मंगलबार मा प्रकाशित ६६० पटक पढिएको
पनौतीको सामुदायीक विद्यालयहरुमा कार्यरत शिक्षकहरुका लागी प्रोत्साहन रकम उपलब्ध गराईदै

चैत ३, काभ्रे । काभ्रेको पनौती नगरपालिकाले सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुका लागी प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । नगर क्षेत्रमा संचालित सामुदायीक विद्यालयहरुमा अध्यापन गराउने शिक्षकहरु तोकिएको दरवन्दी संख्या भन्दा बढी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले बताउनुभयो ।

आवश्यक भन्दा केहीसंख्या बढी भएकाले शिक्षक दरवन्दी मिलान तथा ब्यवस्थापन प्रक्रिया पुरा गर्न कठिनाई देखीएकाले निबृत्तिभरण भईसकेका र अनिवार्य अवकास हुन बाँकी रहेका स्थायी शिक्षकहरुलाई स्वैच्छिक अवकासमा जान प्रोत्साहित गराउने उदेश्यले रकम उपलब्ध गराउने निर्णय नगर कार्यपालिकाको बैठकले गरेको छ ।

बैठकको निर्णय अनुसार एक वर्ष सेवा अवधि बाँकी रहेको शिक्षकहरुका लागी १ लाख, एक वर्ष भन्दा बढी दुई वर्षसम्मका शिक्षकहरुका लागी १ लाख पचास हजार रकम उपलब्ध गराईने छ ।

यस्तै दुई वर्ष भन्दा बढी तिन वर्ष सम्म सेवा अवधि बाँकी रहेको शिक्षकहरुका लागी २ लाख, तिन वर्ष भन्दा बढी चार वर्षसम्मका शिक्षकहरुका लागी २ लाख पचास हजार र चार वर्ष भन्दा बढी सेवा अवधी बाँकी रहेका शिक्षकहरुका लागी ३ लाख रुपैया रकम उपलब्ध गराईने नगरपालिकाले जनाएको छ । साथै उक्त रकम एक पटकका लागी मात्र उपलब्ध गराईने प्रमुख प्रशासकीय अधिकृत वाग्लेले बताउनुभयो ।

पनौती नगरपालिकाको सूचना 


प्रतिक्रिया दिनुहोस