दश जिल्लाका पत्रकार महासंघले तयार गरेका पुस्तक ‘महासंघमा हामी’ विमोचन

नौलो समाचार संवाददाता
२०७७ चैत्र ४, बुधबार मा प्रकाशित ८६२ पटक पढिएको
दश जिल्लाका पत्रकार महासंघले तयार गरेका पुस्तक ‘महासंघमा हामी’ विमोचन

चैत ४, काभ्रे । बागमती प्रदेशभित्रका दश जिल्लाका पत्रकार महासंघले आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा तयार गरिएको ‘महासंघमा हामी’ पुस्तक विमोचन गरिएको छ ।

१० जिल्लाकै शाखा अध्यक्षहरुले गरेका कार्यको प्रशंसा गर्दै पुस्तक निकालिएकोमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले खुशी व्यक्त गरे । आगामी महासंघको चुनावमा पत्रकारको हितका निम्ती जस्तो सुकै काम गर्न सक्ने व्यक्तिलाई निर्वाचित गराउनुपर्ने केन्द्रिय अध्यक्ष आचार्यले बताए ।

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यान्जुले आफु पनि पत्रकारिता क्षेत्रबाट नै यो ठाँउमा आईपुगेको बताउदै प्रविधिसँगै पत्रकारहरुको क्षमता अभिवृद्धि बढाउनका लागि देशभर मिडिया हबको आवश्यक रहेको बताए । यसका लागि आफू नगरपालिका संघको अध्यक्षको हैसियतले मिडिया हब निर्माणको लागि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघका सल्लाहकार बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेललगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले गरेका थिए । उक्त समारोहमा ११ बुँदे धुलिखेल घोषण–पत्र पनि जारी गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस