अटो-रिक्सा सञ्चालन गर्न ईच्छुकलाइ पनौती नगरपालिकाद्वारा निवेदन दिन आव्हान

नौलो समाचार संवाददाता
२०७७ चैत्र १२, बिहिबार मा प्रकाशित ९३३ पटक पढिएको
अटो-रिक्सा सञ्चालन गर्न ईच्छुकलाइ पनौती नगरपालिकाद्वारा निवेदन दिन आव्हान

चैत १२, काभ्रे । पनौती नगरपालिका क्षेत्रमा अटो-रिक्सा संञ्चालन गरिने भएको छ । नगरपालिका क्षेत्रका बिभिन्न रुटहरुमा सार्वजनिक यातायातको पहुँच आम नागरवासी समक्ष पुर्याउने उद्देश्यले अटो रिक्सा संञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

अटो रिक्सा संञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत भईसकेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाद्वारा ०७७ चैत ८ गते जारि सूचनामा सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात् चैत २३ गतेसम्म निवेदन दिन सकिने भनिएको छ ।

स्वीकृत कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भईसकेको र उक्त निर्देशिकाको अधिनमा रहि नगर क्षेत्र भित्र अटो रिक्सा संञ्चालन गर्न लागिएको पनौती नगरपालिका उप-प्रमुख गिता बन्जाराले जानकारी दिनुभयो ।

नगरपालिकाको भित्री सडकमा यातायातको पहुँच सहज नभइरहेको अवस्थामा अटो रिक्सा सञ्चालन आएपछि यात्रुलाई भने सजिलो हुने उप-प्रमुख गिता बन्जाराको बिश्वास रहेको छ ।

रिक्सा सञ्चालन गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी, समुहले नगरपालिकाको प्रशासन शाखामा निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । निवेदन आए पश्चात् बिभिन्न रुटका लागि नगरपालिकाले भाडा दरसमेत निर्धारण गर्ने उप-प्रमुख बन्जाराले बताउनुभयो ।

नगरपालिकाको सूचना : –


प्रतिक्रिया दिनुहोस