जेठ २५, काभ्रे। काभ्रेका १६ वटा क्याम्पसले अनुदान पाएका छन्। विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले काभ्रे जिल्लाका १६ वटा क्याम्पसलाई अनुदान दिएको हो।
जिल्लामा रहेका १८ वटा क्याम्पसमध्ये १६ वटालाइ अनुदान आयोगले निर्णय गरेको हो।
जेठ २१ गते सार्वजनिक गरिएको सूचीमा बेथाञ्चोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसाले ८ लाख ५६ हजार ८ सय नियमित अनुदान पाएको छ।
विद्यार्थी र शिक्षक संख्याका आधार सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसले अनुदान पाएको छ। उक्त क्याम्पसले १६ लाख ५० हजार रुपैयाँ अनुदान पाएको बुझिएको छ।
अनुदान पाउने अन्य क्याम्सहरुमा बनेपाको चैतन्य क्याम्पस र काभ्रे बहुमुखी क्याम्पस, धुलिखेलको धुलिखेल क्याम्पस र सञ्जिवनी कलेज, पनौतीको इन्द्रेश्वर क्याम्पस, तेजगंगा बहुमुखी क्याम्पस र कुशादेवी क्याम्पस, पाँचखालको सर्वमंगला बहुमुखी क्याम्पस, मेथिनकोटको जनक बहुमुखी क्याम्पस, दाप्चा छत्रेबाजको दाप्चा कृष्ण बहुमुखी क्याम्पस, महादेवीस्थान देवीथुम्का पब्लिक क्याम्पस, मंगलटारको मंगल जनविजय क्याम्पस र भुम्लुको श्रीप्रकाश क्याम्पस रहेका छन्।
विश्विद्यालय अनुदान आयोगमा आबद्ध १ हजार ३५६ वटा क्याम्पस रहेका छन्।
प्रतिक्रिया दिनुहोस