नमोबुद्ध नगरले बढीपहिरोको विपद्मा परेको सिन्धुपाल्चोकको मेलम्चीलाई आर्थिक सहयोग गर्ने

नौलो समाचार संवाददाता
२०७८ अषाढ २, बुधबार मा प्रकाशित १०६९ पटक पढिएको

नमोबुद्ध नगरले बढीपहिरोको विपद्मा परेको सिन्धुपाल्चोकको मेलम्चीलाई आर्थिक सहयोग गर्ने

असार २, काभ्रे। नमोबुद्ध नगरपालिकाले बाढीले तहसनहस पारेको छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई विपद्मा सहयोग गर्ने भएको छ।

हिजो बढीपहिरोका कारण ठुलो जनधनको क्षति बेहोरेको मेलम्ची नगरलाई नमोबुद्ध नगरपालिकाले दु:खमा थोरै भएपनि राहत मिलोस भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने भएको हो।

नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको एक दिनको तलब विपद् कोषबाट पनि थप गरी ३ लाख ३ हजार ३ सय ३३ रुपैंया सहयोग गर्ने निर्णय गरेको नगरपालिकाका प्रेस सल्ल्हाकार बिनोद न्यौपानेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस