असार १२, सिन्धुपाल्चोक। गएरातिदेखिको अबिरल वर्षासंगै आएको बाढीका कारण मेलम्ची बजारमा फेरी अर्को घर बगाएको छ।
इन्द्रावती नदीमा आएको बाढीले शनिबार मेलम्ची-११ स्थित गोपाल दुलालको घर बगाएको हो।
इन्द्रावती नदीले कटान गर्दै गएपछि अरु घरहरू पनि जोखिममा परेका छन्।
अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर बगाएको हो। परिवारका सदस्यहरु यस अगाडिनै अन्यन्त्र बसेकाले सबै सुरक्षित रहेको प्रहरीको भनाई छ।
स्थानीयले स्काभेटरले खोला गहिराउन सके खोलालाई पुरानै धारमा हिँडाउन सकिने र थप क्षति रोक्न सकिने भन्दै त्यसतर्फ तत्काल ध्यान दिन माग गरेका छन्।
यसअघि बाढीले हेलम्बु गाउँपालिकास्थित प्रहरी चौकी र दुईवटा विद्यालय भवनपनि बगाएको थियो। नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरिरहेको छ।
असार १ गतेपछि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ। त्यस्तै बाढीले चार सय परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस