काभ्रेमा चलेनन् सार्वजनिक बस, निजी सवारीले मनपरी भाडा असुल्दै

बनेपादेखी पनाैतीसम्मकाे भाडा सय भन्दा माथी
नौलो समाचार संवाददाता
२०७८ अषाढ १५, मंगलबार मा प्रकाशित १२६१ पटक पढिएको
काभ्रेमा चलेनन् सार्वजनिक बस, निजी सवारीले मनपरी भाडा असुल्दै

असार १५, काभ्रे। काभ्रे प्रशासनले सार्वजनिक यातायात जाेर-बिजाेर प्रणालीमा खुल्ला गरेपनि सार्वजनिक बसहरू चलेका छैनन् ।

जिल्ला भित्रमात्र बनेपा केन्द्रविन्दु बनाएर चल्न पाउनेगरी हिजाे (साेमबार) जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गरेकाे थियाे । सार्वजनिक बसहरू नचलेपछि निजी सवारीसाधनहरूले चर्काे भाडा असुल्न थालेका छन् ।

बनेपाबाट पनाैतीसम्म पुगेकाे प्रतिब्यक्ति १०० रूपैया भाडा असुली रहेका छन् । बनेपादेखी पनाैतीसम्मकाे ६ किलाेमिटर मात्र रहेकाे छ। सार्वजनिक बसहरू नचलेपछि निजी कार, जिप, सुमाे, अटाे लगायतका साधनले चर्काे भाडा असुलिरहेका हुन्।

जिल्लाभित्र रहेका ठुला बस व्यवशायी कम्पनीहरूले बसहरू चलाएका छैनन् । बसका कर्मचारीलाई काेराेना बिरूद्वकाे खाेप र भाडा बढाउने विषयमा सरकारसंग बस व्यवशायी कम्पनीहरूकाे छलफल चलिरहेकाेले पनि बस नचलाईएकाे साबिक काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेस सुन्दर सैंजूले बताउनुभयाे। अरनिको सुपर फाट्टफुट्ट चलेपनि बनेपामा सार्वजनिक बस देखिएका छैनन्।

बनेपा चारदाेबाटाे नजिकै पनाैती बसस्टपमा राेकीराखेकाे निजी नम्बर प्लेटकाे जिपका एक व्यक्ति यात्रुलाई बाेलाउदै थिए, पनाैती..पनाैती..पनाैती..पनाैती। हामीले साेध्याै “कति हाे पनाैती पुगेकाे? जवाफमा उनले भने सय रूपैया। सय भन्दा कम हुन्न।”   हामीले साेध्याै “निजी गाडीमा चर्काे भाडा उठाएर मान्छे अाेसार्न पाईन्छ? जवाफमा ती व्यक्तिले बसहरू चलेका छैनन्…त्यै भएर चलाकाे..हामी पनि मारमा परेका छाै, खर्च धान्न हामीलाई पनि गाराे छ।”

अत्यावश्यक कामले हिडेका यात्रुहरू गन्तव्यमा पुग्न बाध्य भएका छन् । कुनै कुनै यात्रुले भाडामा असहमती जनाएपनि सुनुवाइ गर्ने निकाय छैन। उ पैदल जान बाध्य हुनुपर्थ्याे…नत्र पनाैतीसम्मकाे भाडा १ सय रूपैया तिर्नै पर्थ्याे ।

निजी सवारीसाधनहरूले अप्ठेरोमा परेका यात्रुसंग मनपरि ढंगले असुली रहेकाे भाडाकाे बारेमा तत्काल अनुगमन हुनु जरूरी छ।


प्रतिक्रिया दिनुहोस