फिलिपिन्समा ९२ जना सैनिक सवार विमान दुर्घटनाग्रस्त

नौलो समाचार संवाददाता
२०७८ अषाढ २०, आईतबार मा प्रकाशित ८०९ पटक पढिएको
फिलिपिन्समा ९२ जना सैनिक सवार विमान दुर्घटनाग्रस्त

असार २०, एजेन्सी। फिलिपिन्समा ९२ जना सैनिक सवार एउटा मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ।

फिलिपिन्सको दक्षिण-पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा सी–३० विमान अवतरण गर्ने प्रयास गरिरहेको समयमा दुर्घटनाग्रस्त भएको खबर आइरहेका छन् ।

सुरक्षा बलका प्रमुख किरिलिटो सोबेजानाले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई उद्धार गरिएर अस्पताल पुर्‍याइएको र अहिलेसम्म दुर्घटनास्थलबाट १७ जनाको शव झिकिएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमले खिचेका तस्बिरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरू माथि बाक्लो कालो धुँवा देखिएको छ ।

सुरक्षा बलका प्रमुख सोबेजानाले भन्नुभयो, ‘राहतसहित उद्धारकर्मी घटनास्थानलमा छन् । यो निकै दुर्भाग्यपूर्ण छ । विमानले रनवे छोड्यो, फेरि उड्न खोज्यो तर नसक्दा दुर्घटना भयो ।’

स्थानीय समयअनुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा सवार धेरैजसो आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस