रद्दि बने वास्तव

नौलो समाचार संवाददाता
२०७९ आश्विन २९, शनिबार मा प्रकाशित ७११ पटक पढिएको
रद्दि बने वास्तव

काला कुत्सित कामना मनभरि छन ध्वासमा सामिल
अन्धो धाक छ ताक मार्न अरुछन वेफ्वाक पाल्छन खिल
काली कल्मप कल्पनाछ ननिको मार्ने र मर्ने कुरा
लुट्ने इज्जत छन तमाम मनमा दुर्भाव राख्दै पुरा।
।।१।।
अर्काको धन मानमा कुपित भै राख्ने सधै ईष छन।
मौका मिल्छ भने कुनै किसिमले राख्ने यिनै भिख हुन।
गर्छन खोज सधै धराप अरुको पार्ने कला पोख्त छन।
छैनन मानवता कुनै किसिमका पैसा सधै जोख्त छन।
।।२।।
मार्ने त्यो अभिमानको छटपटी देखिन्छ पक्कै कतै
काला कर्तुत खुल्दछन समयमा लुक्दैछ ऐले यतै
निन्द्रा गायब भो कुनै तबरले आखा दुवै लाल छन
तान्ने मन्सुबमा छ काल बलियो टन्कि रह्यो भाल झन।
।।३।।
भन्केका कसरि झिङ्गा बदनमा आखा दुबै ट्वाल्ल छन
बग्दा व्रक्त पिपासुका तरतरी ओछ्यानमा छ्वाल्ल झन
भो दुर्गन्धित वायु मश्न थल नै मर्छे र कहिले रुनी
पर्खन्छन दुनिया कुनै किसिमले आवस न ऐले भनि ।
।।४।।
माया आशिष बाडनु आज भवमा दुर्नाम क्यै हो भन?
पाए मानवले उदार सपना घुम्दै बढ्यो यौवन
बन्छन प्रौढ र बृद्ध यसमा,तात्पर्य जान्नै छ के?
मर्ने मानवको छ देह यसमा तात्पर्य जान्नै छ के?
।।५।।

बोक्सि कातर डस्दछन मन भने आफै किन फस्दछन ?
अर्काको उपकार देख्न नसकी रछ्यानमा पस्द्स्छन
आफै मात्र बडो सबै किसिमले ठान्ने महा ढोङ्गि हो
बाचेका सब हुन यि आततायिका लाश पनि सब स्वाङ्गि हो।
।।६।।
थुक्ने अक्षरमा र भुक्नु सजिलै कर्तब्य झै मान्दछन
सारा अर्थ छ, ब्यर्थ खास अरु हुन,छन द्रब्यमा ठान्दछन
छोप्छन् कर्तुत कर्मका सब कुरा पर्दा लगाइ जब
मान्छे लाश बने समान भवमा रद्दि बने वास्तव।
।।७।।

 

  • डा. गोपाल पौड्याल “मण्डने”, छन्द: शार्दुलविकृडित

प्रतिक्रिया दिनुहोस