विपद प्रभावित बेथानचोक गाउँपालिकलाई अष्ट्रेलियाबाट सहयोग

नौलो समाचार संवाददाता
२०८१ कार्तिक १३, मंगलबार मा प्रकाशित १८७ पटक पढिएको
विपद प्रभावित बेथानचोक गाउँपालिकलाई अष्ट्रेलियाबाट सहयोग

बेथानचोक / अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन नागरिकले विपद प्रभावित बेथानचोक गाउँपालिकालाई सहयोग गरेका छन् ।

बेथानचोक स्थायी घर भइ हाल अष्ट्रेलिया रहेका सुवोध अधिकारीको पहलमा त्यहाँ रहेका नेपाली र अष्ट्रेलियन नागरिक समेतबाट संकलित ३ हजार १ सय ६८ डलर बराबर नेपाली ३ लाख ९ सय ६० रुपैयाँ बेथानचोक गाउँपालिकालाई सहयोग गरिएको हो ।

मंगलबार एक कार्यक्रमविच स्थानीय पवन अधिकारी, शंकर पराजुलीले उक्त रकम गाउँपालिका अध्यक्ष भगवान अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले बेथानचोकलाई पुरानै लयमा फर्काउने प्रतिवद्धता जनाए ।

हस्तान्तरण कार्यक्रममा वडा नं २ का अध्यक्ष पुरुषोतम तिमिल्सना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नं २ का सदस्य नारायण तिमल्सिना लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस