धुलिखेल अस्पतालमा स्वास्थ्य सम्बन्धी दुई दिने कार्यशाला

नौलो समाचार संवाददाता
२०८० मंसिर १०, आईतबार मा प्रकाशित ५५१ पटक पढिएको
धुलिखेल अस्पतालमा स्वास्थ्य सम्बन्धी दुई दिने कार्यशाला

धुलिखेल \ धुलिखेल अस्पताल (काठमाण्डौ विश्वविद्यालय अस्पताल) मा अल्ट्रासाउण्ड, सीटी स्क्यान र एमआरआई एजुकेशनसम्बन्धी दुई दिने कार्यशाला सकिएको छ ।

दक्षिण कोरियाको सिउल नेशनल युनिभर्सिटी, दक्षिण कोरियाको जे.डब्ल्यू लि सेन्टर र नेपाली स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको संगठन (नेसोग) को सहकार्यमा धुलिखेल अस्पतालमा प्रसुती तथा बालरोग सम्बन्धी अल्ट्रासाउण्ड, सीटी स्क्यान र एमआरआई एजुकेशन सम्बन्धी दुई दिने कार्यशाला सकिएको कार्यक्रमका नेपाली संयोजक रहेका धुलिखेल अस्पतालका मिडिया एवं कम्युनिकेशन चिफ समेत रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

सैद्धान्तिक अनुशिक्षणका साथै प्रयोगात्मक कक्षामा नेपालभरीका करिब १ सय ३० जना प्रसुती रोग विशेषज्ञ, रेसिडेन्ट डाक्टर, मेडिकल अफिसर एवं ईन्टर्न डाक्टरहरु सहभागी थिए ।

धुलिखेल अस्पताल र दक्षिण कोरियाका करिब एक दर्जन प्रशिक्षकहरुले सैद्धान्तिक एवं व्यावहारिक तालीम प्रदान गरेका थिए ।

यस अघि सन् २०१६, २०१७, २०१८, २०१९ र २०२२ मा गरि पाँच पटक यस्तै खाले अनुशिक्षण एवं प्रशिक्षण सम्पन्न भैसकेको डा. ताम्राकारले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस