आइजीपी कप फुटबल : दोस्रो दिन तीन टिम विजयी

नौलो समाचार संवाददाता
२०८० मंसिर २१, बिहिबार मा प्रकाशित १५६ पटक पढिएको
आइजीपी कप फुटबल :  दोस्रो दिन तीन टिम विजयी

साँगा\ नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं आइजीपी रनिंग ट्रफी फुटबल प्रतियोगिताको दोस्रो दिन ल्याव स्कुल किर्तिपुर, नेपाल पुलिस स्कुल धरान र नेपाल पुलिस स्कुल टिम ए विजयी भएका छन् ।

बिहिबार भएको पहिलो खेलमा ल्यावरोटरी स्कुलले काष्ठमण्डप स्कुललाई ८ – ३ गोल अन्तरले पराजित गर्यो । विजयी टिमका विज्ञान खड्का म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस स्कुलले जेम्स स्कुललाई ३ – १ गोल अन्तरले पराजित गरेको थियो । खेलको म्यान अफ दि म्याच पुलिस स्कुल धरानका प्रवेश तामाङ घोषित भए ।

बिहिबार अन्तिम खेलमा आयोजक नेपाल पुलिस सांगाले रामभक्त स्कुल बनेपा विरुद्ध ६ – ० को सहज जित निकाल्यो । विजयि टिमका निश्चल मगर म्यान अफ दि म्याच घोषित भए।

शुक्रवार नेपाल पुलिस स्कुल सामाखुसिले स्प्रिङ हिल स्कुल नाला, जेम्सले वुढानिलकण्ठ स्कुल र एपिएफ स्कुलले सैनिक महाविधालय सल्लाघारीको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस