काठमाडौं / नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले ३८ औं स्थापना दिवसमा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
शनिवार राजधानीमा आयोजित कार्यक्रममा ती सम्मान र पुरस्कार प्रदान गरिएको हो । स्थापना दिवसमा घोषणा गरेर साधारण सभामा वितरण गरिदै आएको सम्मान र पुरस्कार यसबर्ष देखि स्थापना दिवसमा नै प्रदान गरिएको हो ।
नेफ्स्कूनले यस बर्षको ‘संस्थापक अध्यक्ष पुरस्कार’ पूर्व सञ्चालक ताराबहादुर काफ्लेलाई प्रदान गरेको छ । ‘नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान’ नेफ्स्कून पूर्व सञ्चालक सोमराज खनिया, ‘नेफ्स्कून उत्कृष्ट व्यवस्थापक पुरस्कार’ सामुहिक बचत तथा सहकारी सहकारी संस्था (साकोस) रुपन्देहीका देवराज ज्ञवालीलाई र ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ कारोबार राष्ट्रिय दैनिकका कौशिला कुँवरलाई प्रदान गरियो । त्यसैगरी ‘नेफ्स्कून प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक’मा कोशी प्रदेशबाट महिला साकोसकी सिईओ जुनुसा पुरी, मधेश प्रदेशबाट आइडियल साकोसका व्यवस्थापक विनोद कुमार साफी, बागमती प्रदेशबाट हाम्रो साकोसका सिईओ इन्द्र घिमिरे, गण्डकी प्रदेशबाट गौरीशंकर साकोसका सिईओ डम्बर सिंह बस्नेत, लुम्बिनी प्रदेशबाट विजय फुलावारी साकोसका व्यवस्थापक प्रकाश बैद्य, कर्णाली प्रदेशबाट विरेन्द्रनगर साकोसका सिईओ छत्र बहादुर थापा र सूदुरपश्चिम प्रदेशबाट जगन्नाथ महिला साकोसकी व्यवस्थापक दुर्गा ठगुन्नालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।
त्यसैगरी ‘नेफ्स्कून प्रदेश स्तरीय उत्कृष्ट साकोस’मा कोशी प्रदेशबाट महाभारत जेफाले साकोस, मध्येश प्रदेशबाट तामागढी साकोस, बागमती प्रदेशबाट स्रोत परिचालन साकोस, गण्डकी प्रदेशबाट हातेमालो साकोस लमजुङ, लुम्बिनी प्रदेशबाट लेकाली स्वाबलम्बन साकोस, कर्णाली प्रदेशबाट डिग्रे शाईकुमारी साकोस र सुदुरपश्चिम प्रदेशबाट मोहना लालझाडी साकोस सम्मानित भएका छन् । त्यसैगरी ‘नेफ्स्कून सर्वोत्कृष्ट साकोस’मा बुडोल सामुदायिक साकोस बनेपा, ‘नेफ्स्कून उत्कृष्ट बचत संघ’मा रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देही र ‘नेफ्स्कून राईफाईसन क्रेडिड युनियन पुरस्कार’ मार्क वर्थिङटन लाई प्रदान गरेको छ ।
नेफ्स्कून ‘उत्कृष्ट कर्मचारी’ व्यवसाय अधिकृत राधा कुमारी पोखरेल र ‘नेफ्स्कून उत्कृष्ट सेवा सञ्चालन प्रशंसा (प्रविधि)’ सगुन साकोस बर्दियालाई प्रदान गरिएको छ ।
नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उत्कृष्ट संघ संस्था र व्यक्तिलाई पुरस्कार तथा सम्मान प्रदान गर्दै आगामी दिन अझ राम्रो गर्न शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस