बनेपा । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको लागि प्रतिनिधी सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसले चुनावी अभियान तिव्र पारेको छ ।
कांग्रेस तालिका बनाएर विभिन्न स्थानीय तहमा भेटघाट, छलफल र अन्तरक्रिया, बैठक लगायतका चुनावी गतिबिधी गरिरहेको छ ।
कांग्रेसले क्षेत्र नम्बर २ को बनेपा, बेथानचोक, मण्डनदेउपुर, भुम्लु, पाँचखाल, धुलिखेल लगायतका स्थानीय तहमा कार्यकर्ता भेला गरिसकेको छ । ती कार्यक्रममा जिल्लामा विभिन्न भूमिकामा रहेका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिती छ ।

नेपाली नयाँ स्वरुपमा बदलिएको र जनलहर पनि कांग्रेसकै पक्षमा रहेको बताउँदै सो क्षेत्रका कांग्रेस उम्मेदवार मधुप्रसाद आचार्यले कांग्रेसले जिते मात्र देशमा समृद्धि आउने बताए । यो पटक आफूलाई मतदाताले खोजेको भन्दै उनले वर्षौंदेखि कांग्रेसले जनताको विश्वास जित्दै आएकोे र यो साथ सधैं रहने उहाँले विश्वास व्यक्त गरे ।
भुम्लुको कार्यक्रममा नेपाली कांग्रेस भुम्लुका सभापति एवं गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले कांग्रेस उम्मेदवार मधु आचार्यलाई जिताउन भुम्लुवासी तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस