बनेपा / बनेपामा रहेको अभाष बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यविच १६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सहकारी संस्थाले १६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभामा आर्थिक वर्ष २०८१/ २०८२ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु सुकदेव लाखे श्रेष्ठ, शारदा श्रेष्ठ, बाल बचतकर्ता प्रणव कायस्थ, ऋण उत्कृष्ट कारोबार गर्ने स्नेहा रानामगर खड्कालाई सम्मान गरियो । शेयर सदस्यका छोराछोरीहरुका तर्फबाट एस. ई. ई परिक्षामा ३ दशमलव ८५ सिजिपिए ल्याउने रोनिशा सञ्जेल र ३ दशमलव ८२ सिजिपिए ल्याउने इशान मानन्धर सम्मानित भए । प्रशासन विभागका अधिकृत श्रीकृष्ण सुवाल उत्कृष्ट कर्मचारी घोषित भए ।
सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवास बैद्यका अनुसार, संस्थाले आर्थिक वर्ष २०८१/२०८२ मा ६७ लाख ८ हजार ४ सय ३९ रुपैयाँ खुद नाफा आजर्न गरेको छ । ९३ करोड ९ लाख ४८ ६ सय ३१ रुपैयाँ कारोबार गरेको संस्थाले ८ लाख ४७ हजार ३ सय ४० रुपैयाँ आयकर तिरेको छ । शेयर पुँजी ३ करोड ७६ लाख रहेको सहकारीले ६६ करोड ५७ लाख २ हजार १ सय ९२ ऋण लगानी गरेको छ भने जोखिम ब्यहोर्ने कोषमा २१ लाख ८८ हजार ५६ रुपैयाँ छ ।

प्रमुख अतिथी बैद्यले पछिल्लो समय भएको जेन्जी आन्दोलनका कारण उद्योग, व्यवसाय लगायतका सम्पूर्ण क्षेत्र प्रभावित भएको भन्दै त्यसको असर वित्तीय क्षेत्रमा परेको तर्क गरे ।
नेपाल पत्रकार महसंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले संकटका समयमा पनि सदस्यहरुलाई आभाष सहकारीले सेवा दिएको भन्दै नीति नियममा रहँदा सहकारी क्षेत्रमा कुनै समस्या नभएको बताए ।
संस्थाका अध्यक्ष गु्रुबेन तौजलेले बचत तथा ऋणको कारोबारसंगै सहकारीले सामाजिक क्षेत्रमा पनि उत्तिकै काम गरेको बताए ।
साधारण सभाले अध्यक्ष ग्रुबेन तौजले, सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष सुर्यकुमार रञ्जित, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक विकास बैद्यले पेश गरेको प्रतिवेदन पारित गरेको छ ।
सामाजिक काममा पनि उत्तिकै सकृय सहकारीले २०७४ सालबाट ‘छोरी अभियान’ सञ्चालन गरेर प्रत्येक नयाँ बर्ष र संस्थाको बार्षिक उत्सवका दिन शिर मेमोरियल अस्पतालमा जन्मेका पहिलो छोरीलाई १० हजार प्रदान गर्दै आएको छ । मुटु सम्बन्धी स्वास्थ्य शिविर, रक्तदान, छात्रवृति वितरण, जेष्ठ नागरिक सम्मान लगायतका सामाजिक काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस