उपेन्द्र देवकोटा न्युरो अस्पतालका सिइओ गुरुङलाई मानार्थ विद्यावारिधी

नौलो समाचार संवाददाता
२०८२ पौष १२, शनिबार मा प्रकाशित १६० पटक पढिएको

उपेन्द्र देवकोटा न्युरो अस्पतालका सिइओ गुरुङलाई मानार्थ विद्यावारिधी

काठमाडौं / उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइड साईन्सेस् (न्युरो अस्पताल, बाँसबारी) का प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङलाई मानार्थ विद्यावारिधी उपाधी प्रदान गरिएको छ ।

स्विजरल्याण्डको जुरिकमा रहेको इन्टरनेशनल इन्ष्टिच्यूट अफ हाइयर स्टडिज एण्ड रिसर्च युरोपियन युनिभर्सिटीले गुरुङलाई मानवीय सेवा बिषयमा मानार्थ विद्यावारिधी (डि. एच. एस) प्रदान गरेको हो ।

दुई दशक भन्दा लामो समय स्वास्थ्य सेवा, मानवीय सहयोग र समुदाय विकासको क्षेत्रमा देखाएको उदाहरणीय नेतृत्वको लागि उपाधी प्रदान गरेको सो विश्वविद्यालयले जनाएको छ ।

गुरुङले सन् २०२५ भित्रै ३ अन्तराष्ट्रिय उपाधी समेत प्राप्त गरेका छन् ।

किङ्स बुक अफ वल्र्ड रेकर्डस्ले उनलाई एड्मायरेवल एचिभर्स अवार्ड प्रदान गरेको छ । अस्पताल व्यवस्थापन, समुदाय स्वास्थ्य विकास एवं प्रवद्र्धन एवं स्वास्थ्य सेवाको गुणस्तर बृद्धिको लागि निरन्तर सकृय भएको भन्दै उनलाई एड्मायरेवल एचिभर्स अवार्ड प्रदान गरिएको हो ।

यस्तै, जर्नलिस्ट्स काउन्सिल अफ इन्डियाले उनलाई प्रतिभा श्री सम्मान प्रदान गरेको छ । जनस्वास्थ्य र समुदाय सेवामा गरेको योगदान स्वरुप उनलाई सम्मान प्रदान गरिएको हो ।

एक्सक्लुसिभ वल्र्ड रेकर्डस्ले पनि उनलाई हालै अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको छ । स्वास्थ्य सेवा, समुदाय सेवा, क्षमता अभिवृद्धि र मानवीय सेवाको क्षेत्रमा गरेको योगदानको कदर स्वरुप सो सम्मान प्रदान गरिएको हो ।सामाजिक क्षेत्रमा उत्तिकै सकृय गुरुङले यसअघि विभिन्न सम्मान प्राप्त गरेका छन् ।

मानवताप्रतिको सेवाको यात्रालाई सम्मान गर्दै प्राप्त सम्मानहरू व्यक्तिगत उपलब्धि मात्र नभई मानव सेवाप्रतिको निरन्तर प्रतिबद्धताको मान्यता भएको गुरुङले बताए । उनले सम्मानहरू हरेक बिरामी, सहकर्मी, समुदाय तथा यस अभियानमा विश्वास गर्ने परिवारप्रति समर्पित गरेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस