निलो आकाशको स्थापना दिवसमा दाप्चा माविका विद्यार्थीलाई न्यानो कपडा

नौलो समाचार संवाददाता
२०८२ पौष २२, मंगलबार मा प्रकाशित ३६९ पटक पढिएको

निलो आकाशको स्थापना दिवसमा दाप्चा माविका विद्यार्थीलाई न्यानो कपडा

दाप्चा / काठमाडौंस्थित तिनकुने, गैह्रीगाउँमा रहेको निलो आकाश बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा दाप्चा माध्यमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा (स्वेटर) र स्टेशनरी सामाग्री वितरण गरेको छ ।

१९ औं स्थापना दिवसको अवसरमा मंगलबार विद्यालयमा नै आएर बालबालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले सहयोगी दाताप्रति आभार प्रकट गरे । उनले सबैको साथले नै सामुदायिक विद्यालयले राम्रो गर्न सक्ने भन्दै शिक्षा सुधार गर्न शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि लगायत सरोकारवाला सबै लागिपर्नु पर्ने बताए ।

सहकारी संस्थाका अध्यक्ष गणेशप्रसाद अधिकारीले आफ्नो ठाउँको विद्यालयको लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष मनोजप्रसाद अधिकारी, प्रधानाध्यापक लोकेन्द्र सिं घटाल लगायतले विद्यालयलाई प्राप्त सहयोग प्रति आभार प्रकट गर्दै यसले विद्यार्थीहरू र विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरे ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं ८ का वडा सदस्य राममणी हुमागाईँ, मन्दिरा अधिकारी, सुन्तली सार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य तारा मगर, सहकारी संस्थाका सञ्चालक समिति, निवर्तमान अध्यक्ष, संस्थापक अध्यक्षलगायतको उपस्थिती थियो ।

विद्यालयले सहकारी संस्थालाई प्रशंसा–पत्र प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस