काठमाडौं / नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको दोस्रो विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दर्ता गराएका छन्।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ को सचिवालयद्धारा जारी विज्ञप्ति अनुसार आइतबार राती ९ बजेसम्म २ हजार ६ सय ६२ प्रतिनिधिहरुको नामावली दर्ता भएको हो ।
सचिवालयका अनुसार, कोशी प्रदेशबाट ४ सय २५, मधेश प्रदेशबाट ४ सय ४६, बागमतीबाट ४ सय ३२, गण्डकीबाट २ सय ९६, लुम्बिनीबाट ३ सय ९८, कर्णालीबाट १ सय ३४, सुदुरपश्चिम प्रदेशबाट १ सय ५८, उपत्यकाका तीन जिल्लाबाट १ सय ७८, भातृ सुभेच्छुक र जनसम्पर्क समितिबाट १ सय ९५ जना प्रतिनिधि गरी जम्मा २६ सय ६२ जनाले नाम दर्ता गराएका छन् ।

सचिवालयकातर्फबाट युवराज पाण्डेले जारी विज्ञप्तिमा सोमबारसमेत प्रतिनिधिहरुको नाम दर्ता जारी रहने जनाइएको हुनेछ। सोमबार विहान ८ बजेबाट नाम दर्ता हुने तथा बन्दशत्र विहान १० बजेबाट हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस