भक्तपुर बस्ने काभ्रेका युवा भन्छन् : ‘जेन्जीको भावना बोक्ने गुणराज मुक्तानलाई सघाउँछौं ’

नौलो समाचार संवाददाता
२०८२ माघ १४, बुधबार मा प्रकाशित २५७ पटक पढिएको

भक्तपुर बस्ने काभ्रेका युवा भन्छन् :  ‘जेन्जीको भावना बोक्ने गुणराज मुक्तानलाई सघाउँछौं ’

भक्तपुर / विभिन्न पेशा, व्यवसाय र अध्ययनका क्रममा भक्तपुरमा अस्थायी बसोबास गरिरहेका काभ्रेपलाञ्चोकका युवाहरुले आफ्नो भावनाको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका गुणराज मुक्तानलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भक्तपुर अस्थायी बसोबास गर्दै आएका युवाहरुले नै स्वतस्फुर्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागी अधिकांश युवाले परिवर्तन र जेनजी युवाहरूको सवाल, सम्भावना, अवसर र मुद्दा नेपाली कांग्रेसले आत्मसाथ गरेको भन्दै प्रतिनिधिसभा क्षेत्र नं १ मा गुणराज मुक्तानलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

छलफलमा सहभागी जेनजी युवा राममाया वाइवाले युवाको प्रतिनिधित्व युवाले नै गर्न सक्ने भन्दै गुणराज मुक्तान उपयुक्त पात्र भएकाले सघाउने निर्णय गरेको बताइन् । छलफलमा सहभागी बसन्तकुमार तामाङ, बुद्धराज लामा लगायतका युवाहरुले परिवर्तन आत्मसाथ गरेको पार्टी नेपाली कांग्रेसका युवा उम्मेदवार मुक्तानलाई सबैले साथ दिनुपर्ने बताए ।

छलफलमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं बागमती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले युवाका माग, मुद्दा र सवालहरू स्थापित गर्न नेपाली कांग्रेस नै उपयुक्त पार्टी भएकाले सबैको साथ र सहयोग अपेक्षा गरे ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तानले पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको मुद्दा स्थापित गरेकाले युवाका माग र मुद्दा सम्बोधन गर्न आफू सदैव लड्ने बताए ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले हरेक तहमा नीति निर्माण र कार्यान्वयन चरणमा युवाको सहभागीता आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका महासमिति सदस्य सार्कीमान लामाले युवाकाम माग र मुद्दा सम्बोधन नभएसम्म परिवर्तन स्वीकारेको अनुभूत गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस