नाईटिङ्गेल एकेडेमीमा निर्माण भयो फुटसल मैदान

नौलो समाचार संवाददाता
२०८२ माघ १६, शुक्रबार मा प्रकाशित १४५ पटक पढिएको

नाईटिङ्गेल एकेडेमीमा निर्माण भयो फुटसल मैदान

बनेपा / बनेपा नगरपालिका वडा नं १० मा रहेको नाईटिङ्गेल एकेडेमीमा फुटसल मैदान निर्माण गरिएको छ ।

विद्यालयले आन्तरिक प्रयोजनको लागि सुविधायुक्त फुटसल मैदान तयार गरेको हो ।

विद्यालय तहमा नै फुटसल खेलका लागि प्रेरित गरी क्षमतावान र प्रतिस्पर्धी विद्यार्थी तयार गर्न पूर्वाधार निर्माण गरिएको विद्यालयका प्रबन्ध निर्देशक रत्नकुश रञ्जितले बताए ।

प्रिन्सिपल उमा बस्नेतले शैक्षिक ज्ञानका साथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई अब्बल बनाउने उद्धेश्य रहेको बताइन् ।

नवनिर्मित फुटसल नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने र नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बनेपाका अध्यक्ष महेन्द्र विष्टले शुभारम्भ गरे ।

शुभारम्भकै अबसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक र प्याब्सन बनेपाबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस