धुलिखेल अस्पतालमा शनिवार र अप्रान्ह पनि ओपिडी सेवा

नौलो समाचार संवाददाता
२०८२ माघ १८, आईतबार मा प्रकाशित ७० पटक पढिएको

धुलिखेल अस्पतालमा शनिवार र अप्रान्ह पनि ओपिडी सेवा

धुलिखेल / धुलिखेल अस्पतालले शनिवार र अप्रान्ह पनि ओपिडी सेवा विस्तार गरेको छ ।

विरामीको चाप र व्यवस्ताको कारण अन्य दिन सेवा लिन कठिन हुने सेवाग्राहीलाई लक्षित गरेर अस्पतालले शनिवार र अप्रान्ह ६ बजेसम्म सेवा विस्तार गरेको अस्पतालका मेडिकल निर्देशक डा. बलराम मल्लले जानकारी दिए । उनका अनुसार, आइतबारदेखि शुक्रवारसम्म बिहान ८ बजेदेखि अपरान्ह ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिइनेछ । यसअघि आइतबारदेखि शुक्रवारसम्म बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा दिदै आएको थियो ।

थप समय र अतिरिक्त दिनको विरामीले थप शुल्क बुझाउनु नपरेपनि सार्वजनिक विदाका दिन स्वास्थ्य बीमा अन्तर्गतका सेवाहरु भने उपलब्ध नहुने अस्पतालले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अस्पतालका प्रवक्ता डा.सुमनराज ताम्राकारले शनिबारका दिन पनि ओपीडी सेवा सञ्चालन गरेर समुदायमा रहेका सेवाग्राहीहरुको समसामयिक आधारभूत आवश्यकताहरू पुरा गर्न अस्पताल निरन्तर सक्रिय रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस