रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजले बाड्यो न्यानो कपडा

नौलो समाचार संवाददाता
२०८२ माघ २०, मंगलबार मा प्रकाशित ९० पटक पढिएको

रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजले बाड्यो न्यानो कपडा

रोशी / रोशी गाउँपालिकाका तीन विद्यालयका विद्यार्थीहरूलाई भकुण्डेबेसी जेसीजले न्यानो कपडा वितरण गरेको छ ।

भकुण्डेबेशी जेसीज बर्ष २०२६ का अध्यक्ष रञ्जना उप्रेतीको नेतृत्वमा रोशी गाउँपालिका वडा नं ५ को विद्या विकास प्राथमिक विद्यालय, वडा नं ६ को ठाकुरस्थान प्राथमिक विद्यालय र सिद्धार्थ प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर, टोपी) वितरण गरिएको हो । विद्या विकास प्राथमिक विद्यालयका ३३ जना, ठाकुरस्थान प्राथमिक विद्यालयका २२ जना र सिद्धार्थ प्राथमिक विद्यालयका ४ जना विद्यार्थीलाई एक÷एक थान स्वेटर र टोपी वितरण गरिएको उप्रेतीले बताइन् ।

उप्रेतीले सस्थाको सानो सहयोगले बालबालिकाहरूको सिकाई प्रक्रियामा उत्साह थपिने विश्वास व्यक्त गर्दै विद्यालय जाने बालबालिकालाई बढ्दो चिसोबाट केहि मात्रामा भएपनि राहत मिलोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बताइन् ।

कार्यक्रममा रोशी वडा नं ६ का अध्यक्ष नारायणबहादुर सिवाकोटी, भकुण्डेबेसी जेसीज वर्ष २०२६ का कार्यकारी उपाध्यक्ष शिवप्रसाद न्यौपाने, शाखा सम्पादक कल्याण काफ्ले लगायत विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस