१८ सय किलोमिटर साइकल यात्रा गर्ने क्यान्सर प्रभावितलाई धुलिखेल अस्पतालमा सम्मान

नौलो समाचार संवाददाता
२०८२ माघ २१, बुधबार मा प्रकाशित १८९ पटक पढिएको

१८ सय किलोमिटर साइकल यात्रा गर्ने क्यान्सर प्रभावितलाई धुलिखेल अस्पतालमा सम्मान

धुलिखेल / क्यान्सर रोगसंग जुधिरहेका २ जनाले १ हजार ८ सय किलोमिटर साइकल यात्रा गर्दा धुलिखेल अस्पतालले सम्मान गरेको छ ।

क्यान्सर रोगसंग जुधिरहेका हर्क लामा र कविता चित्रकारले मध्यपहाडी लोकमार्गको चिवाभन्ज्याङ्गबाट झुलाघाटसम्म साइकल यात्रा गरेका थिए । क्यान्सर संक्रमण भएका र उनका आफन्तले उपचारका लागि रकम अभाव झेल्न नपरोस् भनेर उपचार कोष स्थापना गर्न साइकल यात्रा गरिएको थियो ।

साइकल यात्री हर्क लामा र कविता चित्रकारले अनुभव सुनाउँदै क्यान्सर जित्न सक्ने साहस मिलेको बताए ।

अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा.रामकण्ठ माकजुले क्यान्सर संक्रमण भएर त्यसलाई जित्न सक्ने साहसका साथ साइकल यात्रा गर्ने दुबै जनाको प्रशंसा गरे ।

एक महिना सञ्चालन गरिएको साइकल यात्राका क्रममा विभिन्न स्थानमा सहभागी डा.सुमनराज ताम्राकारले यात्राका अनुसार, सोही क्रममा १५ स्थानमा २ हजार भन्दा बढीलाई क्यान्सर सम्वन्धिको सचेतना फैलाउन सकिएको बताए ।

डा.विकास पराजुलीले यात्राका विभिन्न अनुभव सुनाए ।

कार्यक्रममा अस्पतालका प्रशासकीय निर्देशक डा.विराजमान कर्माचार्यले साइकल यात्रा बाट प्राप्त जति नै रकम अस्पतालले थपेर कोष स्थापनामा सहयोग गर्ने बताए ।

डा. तारालाल श्रेष्ठले कोष संकलनबारे जानकारी दिए । साइकल कल्चर कम्युनिटीबाट संकलित रकम हर्क लामा, कविता चित्रकार, डा. तारालाल श्रेष्ठ र ज्ञानेन्द्र स्थापितबाट धुलिखेल अस्पताललाई हस्तान्तरण गरियो ।

साइकल यात्रामा सहयोग गर्ने र सहभागीलाई कार्यक्रममा सम्मान गरियो ।

 

प्रतिक्रिया दिनुहोस