तेमाल / तेमाल गाउँपालिका वडा नं ८ ल्लोङसालमा २० जना युवा बिभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् ।
वडा कार्यसमितिले आयोजना गरेको प्रतिनिधिसभा-१ का उम्मेदवार गुणराज मुक्तानसंगको भेटघाट तथा चुनाबी कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले नवप्रवेशीहरुलाइ टीका तथा खादा लगाई पार्टी प्रवेश गराएका थिए ।
प्रवेश गर्नेमा उमेश थपलिया, बिमल परियार, बेलिमाया तामाङ, सुरा सिं भोम्जन, मान बहादुर भोम्जन, बिचारी थोकर, बिर बहादुर थोकर, सलाम सिं भोम्जन, ठुली कान्छी तामाङ, ङेमा तामाङ, पदमकुमारी राय, रोहित तामाङ, हीरालाल थोकर, नानीराम शिबभक्ति, गौरी बानिया, काइलि तामाङ, गणेश खड्का, रामशरण शिबभक्ति लगायत छन्।
त्यस्तै तेमाल-७ कुरुवासमा पनि युवाहरू नेपाली कांग्रेस प्रवेश गरेका छन्। प्रवेश गर्नेमा पन्चमाया तामाङ, यांग्सुम तामाङ, सरिता तामाङ, दुर्गा कुमारी ठकुरी समेत नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस तेमालका सभापति ज्ञानबहादुर तामाङले बताए।
प्रतिक्रिया दिनुहोस