भिमखोरी / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गुणराज मुक्तानलाई गृहपालिका रोशी गाउँपालिकामा सान्दर इन्ट्री गरेका छन् । स्थानीयले उनलाई भव्य स्वागत गर्दै जितको शुभकामना दिएका छन्।
खानीखोला, महाभारत,चौरीदेउराली र तेमाल गाउँपालिकामा कार्यकर्ता भेटघाट, अन्तरक्रिया सकेर रोशी गाउँपालिका प्रवेश गरेका मुक्तानले आफ्नै गाउँ भीमखोरीबाट चुनावी अभियान थालेका छन्।

रोशीका स्थानीय समेत रहेका कांग्रेस जिल्ला सभापति तीर्थ लामा,महासमिति सदस्य एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार मिरा नेपाली, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, प्रदेश सभा १ ख का सभापति चन्द्रबहादुर लामा, नेता शङ्खबुद्ध लामा, महासमिति सदस्य सार्कीमान बलसहित पार्टीको जिल्ला, क्षेत्रका नेता-कार्यकर्ताका साथमा रोशी पुगेका मुक्तान र नेपाली कांग्रेसको टोलीलाई स्थानीयले भव्य स्वागत गरेका हुन्।
रोशी गाउँपालिका वडा नं १२ शिखरपुरबाट बुधबार सुरु भएको भेटघाट कार्यक्रम वडा नं ११ को भदौरे, वडा नं १० को वाल्टीङ हुँदै वडा नं ९ को मङ्गलटारमा टुंगिएको छ ।

बिहीबार र शुक्रबार पनि रोशीका विभिन्न वडामा भेटघाट लगायतका चुनावी अभियान हुने निर्वाचन परिचालन समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस