बेलर एकेडेमीमा ३ दिनसम्म अभिभावक दिवस

नौलो समाचार संवाददाता
२०८२ फागुन १, शुक्रबार मा प्रकाशित ३१ पटक पढिएको

बेलर एकेडेमीमा ३ दिनसम्म अभिभावक दिवस

बनेपा / प्लेग्रुप देखि स्नातक तहसम्मको शिक्षा प्रदान गरिरहेको बेलर इन्टरनेशनल एकेडेमीले तीन दिनसम्म अभिभावक दिवस मनाउन लागेको छ ।

सबै तहमा गरि करिब ३ हजार ५ सय भन्दा बढी विद्यार्थी पढाइरहेको विद्यालयले तहगत रुपमा प्लेग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीको सहभागितामा सास्कृतिक कार्यक्रमसहित मनाइने अभिभावक दिवस शुरु गरेको हो ।

सबै बालबालिकालाई प्रतिभा प्रस्तुत गर्ने अवसर दिन लगातार ३ दिन कार्यक्रम राखिएको प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् । उनका अनुसार, पाठ्यक्रमका साथै अतिरिक्त कृयाकलाप पनि संगसंगै सञ्चालन गरिरहेका विद्यालयका विद्यार्थीहरुले जिल्ला, प्रदेशस्तरीय प्रतियोगितामा पनि उत्कृष्टता हासिल गरिरहेका छन् । नीजि तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) काभ्रेपलाञ्चोकले गरेको नृत्य प्रतियोगितामा प्रथम भएको बेलरका टोली प्रदेशमा प्रतिस्पर्धा गर्ने उनले जानकारी दिइन् । एनसिसी लगायतका कार्यक्रम सञ्चालन गरिहेको विद्यालयले आफ्नै फुटसल मैदान तयार गरेको छ भने क्रिकेट एकेडेमी पनि सञ्चालन गर्दैछ ।

शुक्रबार आयोजित कार्यक्रममा बालबालिकाले विभिन्न प्रतिभा प्रस्तुत गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले विद्यालयले गुणस्तरीय र व्यबहारिक शिक्षा प्रदान गरिरहेको बताए ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपानेले बेलरले समयसापेक्ष शिक्षा प्रदान गरेको बताए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापाले स्थापनाकालदेखि नै बेलरले फरक शैक्षिक बातावरण सिर्जना गरी दक्ष र क्षमतावान जनशक्ति तयार गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस