कोरोना भाइरसको संक्रमण फैलिन नदिन साझा यातायातद्धारा सावधानी

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित ९६६ पटक पढिएको
कोरोना भाइरसको संक्रमण फैलिन नदिन साझा यातायातद्धारा सावधानी

चैत ४, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न रुटमा सार्वजनिक गाडी सञ्चालन गर्दै आएको साझा यातायातले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी अपनाइरहेको छ ।

विगत चार दिनदेखि साझा यातायातले आफ्ना सबै गाडीहरु सञ्चालन पूर्व राम्रोसँग सफा गरेर किटाणु नाशक स्प्रे छर्किने गरेको छ । बसका सिट, ह्याण्डलसहितका बढी छोइने मागमा दिनमा पटक पटक सेनिटाइजरले सफा गर्ने गरिएको पनि साझा यातायातले जनाएको छ ।

गाडी चालक तथा सहचालकहरु स्वास्थ्य परीक्षणपछि मात्रै काममा खटिने गरेको पनि साझा यातायातले जनाएको छ । मंगलबार बिहान पनि साझा यातायातले आफ्ना सबै गाडीहरु सफा गरेर मात्रै सञ्चालन गरेको छ ।

साझाका गाडीहरु उसका सुरक्षा गार्डले सावधानी पूर्व सझा गर्ने गरेका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको क्षेत्रमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस