काेराेना देखिएकाे भनिएका वीरगन्जका एकजनाकाे रिपाेर्ट नेगेटिभ

नौलो समाचार संवाददाता
२०७६ चैत्र ९, आईतबार मा प्रकाशित ६३३ पटक पढिएको
काेराेना देखिएकाे भनिएका वीरगन्जका एकजनाकाे रिपाेर्ट नेगेटिभ

चैत ९, काठमाडौं । केही दिनअघि खोकी र ज्वरो आएपछि उपचारका लागि भारतको पटना लगिएका वीरगन्जमा एकजना व्यक्तिको स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको जनाइएको छ ।

उनलाई पर्साका कुनै अस्पतालले उपचारका लागि लिन नमानेपछि उनी पटना गएका थिए । त्यहाँ उनको जाँचका क्रममा कोरोना पुष्टि भएको यसअघि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका थिए ।

“संक्रमित व्यक्ति अहिले पर्सामा होइन, पटनामा आइसोलेसनमा राखिएको छ,” बस्नेतले संचारकर्मीसँग भनेका थिए, “उनी पर्साबाटै गएकाले उनको परिवारमा पनि संक्रमण फैलिएको आशंकामा आइसोलेसनमा राख्नेबारेमा छलफल भइरहेको छ ।”

स्रोतका अनुसार उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न सुरु भएको थियो । व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस