काेराेना संक्रमित युवतीसंगै कतारबाट अाएका १२५ सम्पर्कमा, अन्य ३३ जनासंग सम्पर्ककाे प्रयास हुदै

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित १२१५ पटक पढिएको
काेराेना संक्रमित युवतीसंगै कतारबाट अाएका १२५ सम्पर्कमा, अन्य ३३ जनासंग सम्पर्ककाे प्रयास हुदै

चैत ११, काठमाडौं । कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

साथै उनीसँग कतारबाट काठमाडौंसम्म यात्रा गरेकाहरुको खोजी सुरु भएको छ ।

त्यो दिन कतार एयरवेजको तीन वटा विमान काठमाडौंमा अवतरण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यागमन विभागसँग तीन वटै विमानमा रहेका यात्रुको विवरण मागेको थियो । मन्त्रालय उच्च स्रोतका अनुसार संक्रमित युवती ‘क्यूआर ६५२’ विमानबाट आएको पाइएको छ ।

मन्त्रालयले उक्त विमानमा रहेका सबै १५८ यात्रुको विवरण प्रहरी प्रधान कार्यालय पठाएको छ र, उनीहरुसँग सम्पर्क गरेर स्वास्थ्य परीक्षण र निगरानी गर्न भनेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिलेसम्म उनीहरुमध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ । उनीहरुलाई स्वास्थ्य जाँच गरेर होम क्वारेन्टाइनमा बस्न भनिएको छ । अरुसँग सम्पर्क स्थापित हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस