प्रधानमन्त्री ओलीको अवस्था सामान्य, आजै डिस्चार्ज गर्ने तयारी

नौलो समाचार संवाददाता
२०७६ चैत्र १४, शुक्रबार मा प्रकाशित ३५० पटक पढिएको
प्रधानमन्त्री ओलीको अवस्था सामान्य, आजै डिस्चार्ज गर्ने तयारी

चैत १४, काठमाण्डौ । बिहीबार राति असहज महसुस भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्यासिंह शाहले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल भर्ना गरेर मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राखिएको थियो । स्रोतका अनुसार उहाँमा मिर्गौलाको समस्या नभइ उच्च रक्तचापको समस्या भएपछि अस्पताल लगिएको हो ।

यसअघि गएको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओलीलाई ३० गते अस्पतालबाट सरकारी निवास बालुवाटार फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस