लकडाउन उल्लंघन गर्ने चार सय ८२ जना पक्राउ

नौलो समाचार संवाददाता
२०७६ चैत्र १५, शनिबार मा प्रकाशित ४५४ पटक पढिएको
लकडाउन उल्लंघन गर्ने चार सय ८२ जना पक्राउ

चैत १५, काठमाण्डौ  । कोरोना संक्रमण ९कोभिड १९० रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने चार सय ८२ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० जना महिला र ४ सय ५२ जना पुरूष छन् ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन उल्लघन गर्नेलाई पक्राउ गरिएको बताए । उनले काठमाडौंबाट ४ सय ५२ र ललितपुरबाट २५ जना पक्राउ परेको जानकारी दिए

लकडाउनको घोषणा भए पनि मानिसहरूको घरबाहिर निस्कने क्रम नरोकिए पछि प्रहरीले कडाइ सुरू गरेको हो ।

लकडाउन कार्यान्वयनका लागि उपत्यकाको तीन वटै जिल्लामा प्रहरीको विशेष टोलि परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस