‘लकडाउन’ लम्ब्याउने सरकारको तयारी

नौलो समाचार संवाददाता
२०७६ चैत्र १६, आईतबार मा प्रकाशित ५८८ पटक पढिएको
‘लकडाउन’ लम्ब्याउने सरकारको तयारी
sf7df8f}F, % r}t M sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldlt a}7s sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldltsf] a}7s l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{nodf a:b} .t:jL/M /f]zg ;fksf]6f÷/f;;

चैत १६, काडमाण्डौ । सरकारले ‘लकडाउन’लाई थप गर्ने तयारी गरेको छ । आगामी मङ्गलबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ सरकारले अझै केही दिन लम्ब्याउने तयारी गरेको हो ।

परराष्ट्र मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका सदस्य प्रदीपकुमार ज्ञवालीले अहिलेसम्म लकडाउन सफल भएको र समुदायमा कोरोना सङ्क्रमण फैलन नदिन लकडाउन केही दिन थप गर्नेबारे छलफल भएरहेको र आज या भोलि उच्चस्तरीय संयन्त्रको बैठक बसेर निर्णय गर्ने बताउनुभयो । लकडाउन थप गर्नेबारे औपचारिक निर्णय हुन बाँकी रहे पनि तयारी अवस्थामा रहन उहाँले आमनागरिकलाई आग्रह गर्नुभयो ।

१४ दिनसम्म कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिने जोखिम कायमै हुने भएकाले शङ्कास्पद बिरामीको पहिचान र उपचार गर्न सहज वातावरण बनाउन पनि लकडाउनलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलार्इ आवश्यक सहयोग गर्न सरकार गम्भीर रहेको र तत्कालका लागि पालिकाहरुले यसको समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले निम्न आय भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका वर्गलाई भोकै मर्न नदिने उहाँको भनाइ छ ।

लकडाउनका बेला अत्यावश्यक सामग्रीको अभाव हुन नदिन, मौज्दात रहेको र खाद्यान्न नियमित बिक्री वितरणको व्यवस्था मिलाएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस