दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो घटना

नौलो समाचार संवाददाता
२०७६ चैत्र १७, सोमबार मा प्रकाशित ४६४ पटक पढिएको
दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो घटना

चैत १७, काठमाडौं । आज नेपालसहित सिङ्गो पृथ्वी कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ। विश्वभर यसका संक्रमित बिमारी एकलाख पुग्न करिब तीन महिना लागेको थियो। त्यसबाट बढेर दुईलाखमा संक्रमित हुन ११ दिनमात्र लाग्यो। कुल संक्रमित संख्या तीन लाख पुग्न त चार दिनमात्र लागेको तथ्यबाट नै थाहा हुन्छ, यसको फैलावटको गति कति रफ्तारमा रहेछ। यो आलेख तयार पार्दै गर्दा अर्थात मार्च २९, ११स्३१ सम्मको तथ्यांकअनुसार ६,७८,९०५ कोरोना भाइरसका केसहरु पत्ता लागेका छन्, जसमा ३१,७७१ जनाको मृत्यु भइसकेको छ भने यो संक्रमणको उपचार पश्चात निको भएका केसहरु जम्मा १,४६,३१९ छ।

यसमा संक्रमित संख्याको ५ प्रतिशत अत्यन्तै जटिल अवस्थामा छन् भने ९५ प्रतिशत सामान्य संक्रमितहरु। यसले के देखाउँदछ भने मानिसको स्वास्थ्यरक्षाको क्षेत्रमा आधुनिक चिकित्सा विज्ञानको उन्नतिलाई मात्र चुनौती दिएको छैन, मानिसको पूरा काबुमा यो कहिले आइसक्ने हो, अहिले नै भन्नसक्ने अवस्था छैन।

नियन्त्रणमा आएपछिको चरणमा यसले पृथ्वीमा छोडेर जाने विश्व मानव समाज तथा सामाजिक संरचना, राजनीतिक र आर्थिक परिस्थितिबारे अहिले नै आँकलन गर्न नसकिए पनि यतिचाहिँ भन्न
सकिएला, विश्वको जनजीवन, समाज, अर्थतन्त्रलगायत अन्य सबै आयाममा यसले दूरगामी तथा असाधारण प्रभाव र परिणाम छोडेर जाने निश्चित छ। जनधनको नोक्सानी त छँदैछ, अर्थतन्त्र र
विकास गतिविधि चौपट हुने यसै पनि अनुमान गर्न सकिन्छ।

यसअघि सन् २००२ मा चीनबाट उठेर ३३ मुलुकमा फैलिएको र ८ हजार मानिसको निधन गराएको यस्तै भाइरस, ‘सार्स’ (सिरियस एक्युट रेस्पिरेटरी सिन्ड्रम) कोरोनाकै ग्रुपभित्र राखिएको मिल्दोजुल्दो लक्षण भएको महामारी थियो । तर कहिल्यै अनुभव नभएको यो भाइरसको संक्रमणबिरुद्ध खास औषधी नै नभएकोले लक्षण हेरेर उपचार गर्नुपर्ने हुन्छ। चिनको उहान राज्यमा २७ डिसेम्बर २०१९ मा देखापरेको कोरोना भाइरसको समूहभित्र पर्ने एक नयाँ भाइरस ९कोभिड–१९० ले विश्वव्यापी महामारीको रूप लिएको छ। यो एउटा असाध्य सङ्क्रामक रोग हो। यसले श्वासप्रश्वास प्रणाली र त्यससँग सम्बन्धित विभिन्न अङ्गलाई असर पार्ने गर्दछ।

कहिलेकाहीँ पाचन प्रणालीलाई पनि असर पार्छ भने शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई समेत असर पार्छ, मिर्गौलामा क्षति पुर्‍याउँछ र मृत्यु गराउँछ । यो भाइरसले प्रसारण हुने क्रममा आफ्ना विशेषताहरुलाई परिवर्तन गर्दै लैजाने र नयाँ भाइरसको रूपमा वृद्धि विकास हुने भएकोले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले यो नयाँ भाइरसलाई पहिचान गर्न नसक्दा रोगविरुद्ध लड्ने क्षमतामा कमी आउँछ। उक्त क्षमता बढ्न केही समय लाग्ने भएकाले यो भाइरसले मानिसलाई मृत्युको मुखमा पुर्‍याउने गरेको हो।

सामान्य रुघा–मर्की ९फ्लु० र कोरोना भाइरसका लक्षण मिल्दाजुल्दा हुन्छन्। सबै रुघाखोकी कोरोना हुँदैनन् र ८० प्रतिशत भन्दा बढी आफैँ निको हुने र २।४ प्रतिशत मृत्यूदर तथ्याङ्कले देखाएको छ। यो रोग सार्सभन्दा कमजोर शिशु रोग हो। कोरोना भाइरसमा ज्वरोसहित सास फेर्न गाह्रो हुने ९स्याँस्याँ बढ्ने०, मांशपेशी दुख्ने, गला बस्ने, खोकी, पखाला लाग्ने लक्षण हुन्छ। त्यसैले दमका रोगीहरूलाई यसले बढ्ता चाप्ने गर्छ र दमका रोगीलाई यसको संक्रमण भएमा दमको उपचार पनि सँगसँगै गर्नुपर्छ। साथै मुटु, मधुमेह, क्यान्सर, दम लगायतका बिमारीहरू यसबाट बड्ता असरग्रस्त हुनेगर्छन् । भाईरस सरेको सरदर पाँच दिनपछि मानव स्वास्थ्यमा लक्षण देखाउन थाल्छ । कतिपय व्यक्तिमा त्योभन्दा ढिलो पनि लक्षण देखिन सक्छ । विश्वस्वास्थ्य संगठनले संक्रमणका लक्षण देखिन लाग्ने अवधि ९सुसुप्त अवस्था० सामान्यतः १४ दिन र कसैलाई २४ दिनसम्म लाग्ने ठहर गरेको छ।

त्यसैले स्वयं अलग रहने (सेल्फ आइसोलेसन) र घरमा एक्लै बस्ने अवधिका लागि १४ दिन निर्धारण गरिएको हो । धेरै मानिसका हातले छुने चिजहरू– जस्तै, ढोकाको ह्याण्डल, भर्‍याङको रेलिङ, नोट तथा सिक्का, पैसा झिक्ने एटीएम् स्टेशनको की–बोर्ड, लिफ्टको बटन, पार्क, अस्पताल, विश्रामस्थल आदि सार्वजनिक स्थलका बेन्च तथा पाखुरा बिसाउने हाताहरू भाईरस संक्रमणका सबभन्दा जोखिमयुक्त केन्द्र हुन्, जहाँ मानिसको हात स्वतः पुग्छ । खोक्दा वा हाछ्युँ गर्दा नाकमा पुग्ने आफ्नै हातले संक्रमण गराउँछ।

हाछ्युँ गर्दा नाकबाट निस्कने सिँगानका ससाना कण वा खोक्दा मुखबाट निस्कने र्‍याल वा खकारका कण हातमा पर्नाले हात र हावाबाट फैलिन्छ। यस्ता व्यक्तिका हातले बनाएको खानेकुराबाट समेत भाइरस सर्ने खतरा रहन्छ। त्यसैले साबुन पानीले हात धुन वा स्यानिटाइजर दल्न विशेष जोड दिइएको हो।

यथेष्ट परिमाणमा क्लोरिनबिनाको पानी भरिएको सार्वजनिक पौरी पोखरी पनि त्यस्तै उच्च जोखिमदायी असुरक्षित स्थल हो। सिनेमा हल वा नाट्यशाला वा भेला हुने हल, रंगशाला, विवाहजस्ता
क्रियाकलापमा जमघट, इत्यादि सबै कोरोना भाईरस संक्रमणका माध्यम हुन्। सामाजिक दूरी ९सोसल डिस्टान्सिङ्० को यसमा जति उपचारात्मक महत्व छ, आफ्नै नाक, कान, आँखालाई आफ्ना हातले छुनबाट जोगाउने (इन्टरनल डिस्टान्सिङ्) को समेत यसमा त्यति नै उपचारात्मक महत्व छ।

यो भाइरस एकदमै छिटो सर्ने भएकोले नेपालरभारतले पनि तालाबन्दी ९लकडाउन० को अवस्थ ब्यहोर्नुपरेको हो। तर चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट पठाईएका चिठी वा प्याकिङ्बाट यस्तो रोग अन्यत्र सरेको रेकर्ड छैन भनी विश्वस्वास्थ्य संगठनले आश्वस्त गराएको छ।

यसको उपचारका लागि करिब ७० वटा औषधीलाई वैज्ञानिकहरूले ध्यानमा लिएका छन् । एक चिकित्सकको रुपबाट मैले भन्नुपर्छ, आफूखुशी औषधीको सेवन गरियो भने यसबाट दुःखद नतिजा आउन सक्छ ।

हाम्रा घरायसी दैनन्दिनी खाद्य पदार्थहरूमा प्राकृतिक उपचारात्मक क्षमता छ । यी वस्तुहरू उपचारका लागि आफैँमा पूर्ण नभए पनि सहायक र सहजकारी हुनसक्ने भएकोले एक चिकित्सकको नाताले उपलब्ध साधनको उपयोग गर्न सल्लाह दिन्छु।

विश्वब्यापी महामारीमा हजारौं मानिसको निधन गम्भीर घटना हो । अतः कोरोना भाईरसको महामारी दोस्रो विश्वयुद्ध पछिको सबभन्दा गम्भीर विश्व घटना हो । एकातिर मुलुकहरूको कुल गार्हस्थ
उत्पादन ९जीडीपी० भयानक दरमा ह्रास हुने अवस्थामा पुगेको छ, अर्कातिर आफ्ना नागरिकप्रतिको राज्यको प्रत्यक्ष दायित्व असाधारण मात्रामा बढेको छ।

सारा उत्पादनशील मानवीय गतिविधि यतिबेला प्रायः अबरुद्ध वा न्यूनस्तरमा छ। विश्व अर्थतन्त्र, लगानी, रोजगारी, उत्पादन, निर्यात, बचत, स्टक मार्केटजस्ता आर्थिक विकासका सूचकहरू धरापमा परेका छन्। मुद्रास्फिति तथा मूल्यबृद्धि लगायत अशान्ति, असुरक्षा सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा पनि विश्व मानव समाजले अभुतपूर्व धक्का भोग्नुपरेको छ। यस रोगको प्रभावले
आज विश्वलाई नै महामारीको उपचार चाहिएको छ। केही अवधि कष्ट भोग्नुपर्ने अवस्था रहेको छ।

तर मानिसको वैज्ञानिक विकासले महामारीका यस्ता पटके झट्काले मानव सभ्यता र विकास अवरुद्ध नभएका इतिहास साक्षी छन्। सबैले विचार भन्दामाथि उठेर आग्रह वा पूर्वाग्रहबाट मुक्त रही यो महामारीबाट मुलुकलाई मुक्त गराउन राष्ट्रिय ऐक्यबद्धता बनाउनु आवश्यक छ। यसका लागि सरकार, चिकित्सकरस्वास्थ्यकर्मी एवम आम जनता एक आपसमा सहयोगीको भूमिका निर्वाह गर्नु अनिवार्य छ। सरकार आफ्नो काममा युद्धस्तरमा जुटेको भन्दै छ, तर २४ सै घण्टा खटिनुपर्ने प्रधानमन्त्री आपनै स्वास्थ्यको हेरविचारमा तल्लीन हुनुपर्ने अवस्था छ, समस्त स्वास्थ्य मन्त्रालयकै नेतृत्व लिनुपर्ने स्वास्थ्यमन्त्रीज्यू स्वास्थ्यसँग अनविज्ञ हुनुहुन्छ, मन्त्रालयको प्रशासनिक बागडोर समात्ने सचिव तिन तिन महिनामा परिर्वतन गरिन्छ समस्त चिकित्सक स्वास्थ्यकर्मीलाई निर्देशन दिने कार्यक्रम कार्यन्वयन गर्ने, सुपरिवेक्षण गर्ने महानिर्देशक विचार र राजनितिक आग्रह पूर्वाग्रहमा तल्लिन छन कुन व्यक्ति कुन ठाँउमा उपर्यूक्त छ भन्नु भन्दा पनि कुन व्यक्ति म र मेरो समुहका हुन भन्नेमै तल्लीन छन प्रदेश, जिल्ला र गाँउपलिका सम्म यस्तै रोगले ग्रस्त छ।

अनि कसरी समन्वय ढंगले समस्या समाधान गर्न सकिन्छ पराजित मानसिकता लिएको स्वास्थ्यकर्मीले यो लडाइँ लड्न सक्दैन साथै प्रयोगशालाको सुविधा सीमित ठाँउमा मात्रै भएको, पीपीई लगायत अन्य सामग्री काठमाडौँ आइपुगे पनि कोरोना परीक्षण गर्ने किट तथा रियजेन्ट नहुनु यस क्षेत्रको लागी ठूलो लापरवाही मान्न सकिन्छ त्यस्तै आवश्यक आइसोलेसन बेड, आइसियु, सिसियू बेड एवम भेन्टिलेटर मेसिन अत्यन्त न्यून छ। यस बेला सरकारले आफ्नो सम्पूर्ण स्रोत, साधन, सामर्थ्यलाई पारदर्शी ढंगले पूर्ण परिचालन गर्नुपर्छ।

चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु यो संकटलाई पार लगाउन अग्रपंक्तिमा काम गर्ने पक्ष छन् र पत्रकारहरुबाट पनि सत्य तथ्य सुचना प्रवाह गरी आम जनतालाइ कष्टकर नहुने वातावरण र्सिजना गर्नु आवश्यक छ । नागरिक सहयोग र समर्थन सफलताको लागि अनिवार्य शर्त हो त्यसका साथै जोखिम पूर्ण अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबो बिमा र अतिरिक्त सेवा सुविधा उपलब्ध गराई उनीहरुको मनोबललाई उच्च राख्नु अत्यन्त आवश्यक छ।

स्रोत : देशसंचार

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!