नेपालमा छैटौं कोरोनाभाइरस संक्रमित भेटिए

नौलो समाचार संवाददाता
२०७६ चैत्र २०, बिहिबार मा प्रकाशित ७२९ पटक पढिएको

नेपालमा छैटौं कोरोनाभाइरस संक्रमित भेटिए

चैत २०, काठमाडौं। नेपालमा थप एकजना युवतीमा कोभिड १९ को पोजेटिभ देखिएकोे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप एक जना युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्। पछिल्लो संक्रमणका विरामीसँगै कोरोना संक्रमितको संख्या ६ पुगेको छ।

यी संक्रमित विरामी पनि चैत ४ गते कतार एयरवेजको क्यू आर सिक्स फाईब टु नम्बरको उडानबाट काठमाडौं आएको प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। बाग्लुङबाट आएको नमुना परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो।

मन्त्रालयले छैटौ संक्रमितका बारेमा अन्य जानकारी दिएको छैन। यसअघि कतार एयरवेजको क्यू आर सिक्स फाईब टु नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिइसकेको थियो।

अहिले सम्म काठमाण्डौ र काठमाण्डौ बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको पनि डाक्टर देवकोटाले जानकारी दिए।

४३ वटा काठमाण्डौमा र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वावको नमुना परीक्षणका लागि लिएको पनि उनले जानकारी दिए।

डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन्। उनले मन्त्रालयको एप्समा ४हजार १ सय ९८ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र ती मध्ये १७ रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने पनि जानकारी दिए।


प्रतिक्रिया दिनुहोस