चैत २६, काठमाडौँ । लकडाउनका बेला प्रयोग हुँदै आएका पासमध्ये पहेँलो सात दिने पास अब थपिएको थकडाउन अवधीभर मान्य हुने भाएको छ।
विभिन्न मितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट जारी भएका सात दिने लेखिएको पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने- “अन्य १ दिने, ३ दिने वा अन्यथा लेखिएका पासहरू भने आजकै मितिवाट खारेज भएको छ।”
पास भएकालाई पनि विशेष निगरानी
प्रवक्ता श्रेष्ठका अनुसार, पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस