त्रिविद्धारा आगामी बैशाख र जेष्ठमा सञ्चालन हुने सम्पुर्ण परीक्षा स्थगित

नौलो समाचार संवाददाता
२०७६ चैत्र २८, शुक्रबार मा प्रकाशित ४५८ पटक पढिएको

त्रिविद्धारा आगामी बैशाख र जेष्ठमा सञ्चालन हुने सम्पुर्ण परीक्षा स्थगित

चैत, २८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी बैशाख र जेष्ठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गरेको छ ।

विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको हिजो बसेको बैठकले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय तर्फका वीएस्सी, बीबी एस र बीएड चौथो वर्षका नियमित तथा आशिंक परीक्षा स्थगित गरेको हो ।

यस्तै पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पूरा तथा आंशिक परीक्षा समेत स्थगित भएको त्रिविले जनाएको छ ।

कोरोना भाइरसका कारण विश्वको वर्तमान परिस्थितिलाई मध्य नजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस