बैशाख २, काठमाडौं । काठमाडौंको सनसिटीमा रहेका दुई जनालाई कोरोना पुष्टि भएको छ । यसअघि सोमबार र्यापिड टेस्टमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पताल लगिएको थियो ।
सोमबार उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । अहिले सनसिटी पूर्णरुपमा लकडाउन गरिएको छ ।
उनीहरुको स्वाब केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पनि कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार त्यहाँ रहेकामध्ये एकजनाको रिपोर्ट आउन बाँकी छ । बेलायतबाट आएकामध्ये ८१ वर्षीय वृद्ध, ५८ वर्षका छोरा र ५६ वर्षकी बुहारी भएको बताइएको छ ।
मन्त्रालय स्रोतका अनुसार ५६ वर्षीय बुहारीको फेरि पनि टेष्ट गरिँदैछ । बाँकी दुईजनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस