उदयपुरका शंकास्पद ८ जनामा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०

नौलो समाचार संवाददाता
२०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ८४६ पटक पढिएको
उदयपुरका शंकास्पद ८ जनामा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०

बैशाख ९, काठमाडौं । उदयपुरका शंकास्पद रिपोर्ट आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएका छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतका अनुसार विराटनगरको कोसी अस्पतालबाट नतिजा शंकास्पद आएपछि धरानमा पुनः परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट पोजेटिभ आएको छ।

उदयपुरको एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

संक्रमित ८ जना नै अहिले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेको अस्पताल स्रोतले बताएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ। जसमा ४ जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस