कोरोनालाई जितेर घर फर्किए धनगढीका पहिलो संक्रमित युवा, निको हुनेको संख्या पाँच

नौलो समाचार संवाददाता
२०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ६०६ पटक पढिएको

कोरोनालाई जितेर घर फर्किए धनगढीका पहिलो संक्रमित युवा, निको हुनेको संख्या पाँच

बैशाख ९, कैलाली : धनगढीमा पहिलो कोरोना संक्रमण देखिएका युवालाई पछिल्ला २ वटा रिपोर्टमा कोरोना नेगेटिभ देखाएपछि सेती प्रादेशिक अस्पतालले आज डिस्चार्ज गरेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ बर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरीएको अस्पतालका प्रवक्ता फिजिसियन डा जगदिश जोशीले जानकारी दिए।

दुबइबाट दिल्ली हुँदै काठमाडौ र त्यहाँबाट नेपालगंज भएर धनगढी धनगढी पुगेका ती युवामा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो। यसअघि आइतवार सेतीमै उपचाररत लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। याेसंगै कोरोनाको सफल उपचार      पछी घर फर्किनेको संख्या ५ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ३ जनाको उपचार जारी छ। आज डिस्चार्ज भएका युवककी ३४ वर्षीया भाउजूसहित एक कैलालीकी महिला र कञ्चनपुरका पुरुषको अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस