कोरोना भाइरसः अमेरिकामा ४५ हजारको मृत्यु, विश्वमा २५ लाख ६१ हजार भन्दा बढी संक्रमित

नौलो समाचार संवाददाता
२०७७ बैशाख १०, बुधबार मा प्रकाशित ६०५ पटक पढिएको
कोरोना भाइरसः अमेरिकामा ४५ हजारको मृत्यु, विश्वमा २५ लाख ६१ हजार भन्दा बढी संक्रमित

बैशाख १०, एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार भन्दा बढी पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा कोभिड–१९ बाट एक लाख ७७ हजार दुई सयजनाको मृत्यु भएको छ । यस्तै विश्वमा संक्रमितको संख्या २५ लाख ६१ हजार भन्दा बढी पुगेको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४५ हजार पुगेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा ८ लाख २४ हजार भन्दा बढी रहेको छ । इटालीमा २४ हजार ६४८ जनाको ज्यान गएको छ भने एक लाख ८३ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

दुई लाख चार हजार भन्दा बढी संक्रमित रहेको स्पेनमा २१ हजार २८२ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । फ्रान्समा २० हजार ८२९ जनाको ज्यान गएको छ भने एक लाख ५९ हजार २९९ जना संक्रमित भएका छन् ।

१७ हजार ३७८ जनाको मृत्यु भएको बेलायतमा संक्रमितको संख्या एक लाख ३० हजार छ । यस्तै जर्मनीमा ज्यान गुमाउनेको संख्या पाँच हजार नाघेको छ । अहिलेसम्म त्यहाँ पाँच हजार ८६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या एक लाख ४८ हजार ४५३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस