आइसोलेशनमा रहेका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभण

नौलो समाचार संवाददाता
२०७७ बैशाख १०, बुधबार मा प्रकाशित ४९१ पटक पढिएको
आइसोलेशनमा रहेका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभण

बैशाख १०, काठमाडौँ । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुईजना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवत्ता डा. अनुप बास्तोलाले बताए।

उनले आइसोलेसनमा भर्ना भएका नर्सलाई आजै डिस्चार्ज गरिने जनाए।

सोमबार त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालको दुई जना नर्समा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको थियो।

लगत्तै उनीहरूलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस