मुस्लिम धर्मावलम्वीको पवित्र रमजान महिना शुरु

नौलो समाचार संवाददाता
२०७७ बैशाख १३, शनिबार मा प्रकाशित ३०६ पटक पढिएको

मुस्लिम धर्मावलम्वीको पवित्र रमजान महिना शुरु

बैशाख १३, काठमाडौं । मुस्लिम धर्मावलम्वीको पवित्र रमजान महिना शुरु भएको छ । १ महिनासम्म चल्ने रमजान अवधीभर मुस्लिम धर्मावलम्वीहरु दिनभर निराहार ब्रत बसी नमाज पढ्ने गर्दछन् ।

सूर्योदय हुनु करिब डेढ घण्टा अगावै सरगाही खाएर प्रारम्भ गरिने रोजामा सूर्यास्तपछि फलफूल तथा मिठाई खाने गर्दछन् । रोजाको समयमा मुस्लिमहरुले दैनिक पाँच पटक नमाज पढ्नुका साथै शुक्रवारका दिन जुमाको नमाज र हरेक राती तराहवीहको नमाज पढ्नु पर्दछ । उर्दू क्यालेण्डरअनुसार रमदान महिना हिजरी संवतको नवौँ महिना हो ।

यो महिनामा विधिपूर्वक व्रत बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास छ । रमजान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु, गरिब र दीनदु:खीको सेवा गर्नु यो महिनाको विशेषता हो ।

यसैबीच मुस्लिम धर्मगुरुहरुले यो बर्ष रमजान पर्वका बेला घरभित्रै बसेर नमाज पढ्न आग्रह गरेका छन् । कोरोनाको जोखिम रहेकाले सबै परम्परागत र धार्मिक विधिहरु घरमै बसेर गर्न आग्रह गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो । नेपालमा ११ लाख बढी मुस्लिम धर्मावलम्वी रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस