देशभर ८ लाख ८३ हजार ७ सय ५६ घर परिवारलाई राहत वितरण

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित २९९ पटक पढिएको

देशभर ८ लाख ८३ हजार ७ सय ५६ घर परिवारलाई राहत वितरण

बैशाख १४, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनका कारण प्रभावित मध्ये ८ लाख ८३ हजार ७ सय ५६ घर परिवारलाई राहत वितरण गरिएको जनाएको छ । संकलित विवरण अनुसार हालसम्म ३ सय ५३ स्थानीय तहले सो घर परिवारलाइ राहत वितरण गरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

लक डाउनका कारण दैनिक गुजारा गर्न कठिनाई भएका परिवारलाई सहजताका लागि राहत वितरण गरिएको हो । वाग्मती प्रदेशको स्थानीय तहले सबैभन्दा धेरै घरपरिवारलाई राहत वितरण गरेको छ । सो प्रदेशका ५७ वटा स्थानीय तहले २ लाख ७४ हजार ९ सय ६९ परिवारलाई सहयोग गरेको जनाएको छ ।

त्यस्तै, प्रदेश १ मा १ लाख ८९ हजार ८ सय ७४, २ मा १ लाख ६९ हजार ६ सय ५०, गण्डकी प्रदेशमा ६८ हजार ६ सय १९, प्रदेश ५ मा ९० हजार ६ सय ६७, कर्णाली प्रदेशमा १२ हजार ८५ तथा सुदुरपश्चिम प्रदेशमा ७७ हजार ९ सय १२ वटा परिवारले राहत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस